पोखरा ।
नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अधिकारी क्षेत्रीले ५५१ मत ल्याउँदा उनका प्रतिस्पर्धी माधव बास्तोलाले ३४७ मत ल्याएका छन् ।
बैनबहादुर अधिकारी क्षत्री एमाले स्थायी समिति सदस्य खगराज अधिकारी निकट हुन् भने माधव बास्तोला उपमहासचिव पृथ्वी सुब्बा गुरुङ निकटका हुन् ।
जिल्ला कमिटीमा अधिकांस अधिकारी क्षेत्री समूहका उम्मेदवार विजयी भएको निर्वाचन मण्डल श्रोतले जानकारी दिएको छ । यद्यपी यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।
एमाले कास्कीमा ९२५ प्रतिनिधि मध्य ९१५ मत खसेको थियो ।













