सुनकोशीमा बेपत्ता ३ बालबालिकाको शव भेटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुनकोशीमा बेपत्ता भएका ३ बालबालिकाको शव भेटिएको छ ।

धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले बताए ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । मंगलबार ९ वर्षीय रिदम मगरको शव फेला भेटिएको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए ।

  • १४ चैत्र २०८०, बुधबार १६:१२ प्रकाशित