सेतीमा हामफालेका सुगम खोज्न भोलि बाँध खोलिँदै, सतर्क रहन आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको सेतीमा हामफालेका सुमन बास्तोला खोज्न बाँध खोलिने भएको छ । पोखरा ११ का बास्तोलालाई १८ फागुदेखि खोजीगर्दा नभेटिएको र २२ फागुनमा नदीको बहाव बढाउँदा समेत नभेट्टिएको भन्दै कास्की प्रहरीले बुधबार सूचना निकालेरै बाँध खोलेर खोज्ने जानकारी दिएको हो ।

कास्की प्रहरी प्रवत्ता श्रवणकुमार विकका अनुसार बिहिबार दिउँसो १ बजे पाखरा १६ दिपमा रहेको सेती ड्याम खोलिनेछ । ड्याम खोल्दा सेतीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसलाई चनाखो हुन प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले सूचना जारी गर्दै भनेको छ, ‘ड्याम खोली सेती नदीमा पानीको बहाव बढाई खोजतलास गर्नु पर्ने भएकोले उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

 

  • १४ चैत्र २०८०, बुधबार ११:२३ प्रकाशित