अपडेट : धनगढीका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा

केन्द्रभाग मिडिया

धनगढी ।

सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएको बताइएको छ ।

भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् ।

आरती मेयर हमालकी जेठी छोरी हुन् । उनी ओशो साधक हुन् । ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।सोमबारदेखि सम्पर्कमा नआएपछि मेयर हमालले खोजी कार्यको लागि सार्वजनिक अपिल गरेका थिए ।

  • १४ चैत्र २०८०, बुधबार १०:४१ प्रकाशित