राज्यव्यवस्था समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सङ्घीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बस्दै छ ।

सिंहदरबारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन् । सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ ।

बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ । यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्य योजनालगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

  • १४ चैत्र २०८०, बुधबार ०८:४५ प्रकाशित