दुर्गा प्रसाईँको मेडिकल कलेज सम्बन्धी आदेश सच्याउन डा. केसीको माग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईँद्वारा झापामा सञ्चालित मेडिकल कलेजलाई अनुमति दिन सरकारलाई सर्वोच्च अदालतले सोमबार दिएको आदेश सुधार्नुको विकल्प नरहेको चेतावनी दिएका छन् ।

अदालतको आदेशप्रति ध्यानाकर्षण भएको भन्दै मङ्गलबार उनले जारी गरेको विज्ञप्तिमा कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्ने भएकाले न्यायालयले त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन भनेका छन् ।

अदालतले उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको मुद्दा उपर गरेको फैसलाको संक्षिप्त आदेशको प्रतिलिपि भने प्राप्त नभएको जनाएका छन् ।

देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु सबैको कर्तव्य हुने उल्लेख गर्दै डा। केसीले ऐन प्रतिकूल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकनमा जानुपर्ने बताएका छन् ।

ुयही सन्दिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन’, विज्ञप्तिमा भनिएको छ ।

यद्यपि ऐन अनुसारको सबै मापदण्ड र प्रक्रिया पुर्‍याएर गरिने काममा भने आपत्ति नहुने उनको भनाई छ ।

  • १३ चैत्र २०८०, मंगलवार १६:५४ प्रकाशित