काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ ।
स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए ।
लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था प्रेस सेन्टरमा आवद्ध छन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव समेत हुन् ।
तर रास्वपाले भने विगतको पृष्ठभूमि नहेरी योग्य उम्मेदवार उठाउने बताउँदै आएको छ ।रास्वपाले १७ चैतमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जनाएको छ । त्यसअघि उपसभापति डा. स्वर्णिम वाग्ले १५ चैतमा इलाम जाँदैछन् । उनले उम्मेदवार आकांक्षीहरुबीच छलफल गराएर योग्यलाई चयन गर्ने बताइएको छ ।













