काठमाडौं ।
वसन्त ऋतुमा हुने हिमाल आरोहणका लागि परमिट जारी गर्न थालिएको छ ।पर्यटन विभागका अनुसार सोमबार पहिलो अनुमति जारी भएको छ । यस दिन सगरमाथाका लागि ८ जनाको एक टीमले अनुमति लिएको छ ।
सगरमाथाबाहेक अन्नपूर्ण प्रथम, अमादब्दम, हिमलुङ र जुगल ३ का लागि परमिट जारी भएका छन् । यस दिन कुल ४६ जनाले अनुमति लिएको विभागले जनाएको छ । अहिले हिमालमा जाने टोलीहरुले आफ्नो तयारी गरिरहेका छन् ।
नेपालमा सामान्यतया जेठ पहिलो साताबाट बढी आरोहण हुने गर्छ । सगरमाथा चढ्न वसन्त ऋण मुख्य सिजन मानिन्छ । सोहीकारण यो हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ ।