एमाले कास्कीको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले कास्कीको अध्यक्षका लागि तीन जनाले उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला र विवेक त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री तर्फबाट भेषराज बराल, सचिवमा दर्शन लामा, उपसविचमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेद्वारी दिएका छन् ।

माधव वास्तोला समूहबाट उपाध्यक्षमा शिव आचार्य, सचिवमा सुरेन्द्र गुरुङ, उपसिचिवमा राधिका शाही योगी र सिता परियारले उम्मेदवारी दिएका छन् ।

एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई थरी समूहबीच प्रतिस्पर्धा हुनेभएको हो । सोमबार रातिसम्म सहमति नजुटेपछि केन्द्रमा उपमहासचिव पृथ्वी सुब्बा निकटका माधव बास्तोला र स्थायी समिति सदस्य खगराज अधिकारी निकट बैनबहादुर क्षेत्रीले समूह बनाएरै प्रतिस्पर्धामा उत्रिएका हुन् ।

शनिबार पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पार्टी महासचिव शंकर पोखरलले अधिवेशन उद्घाटन गरेका थिए । अहिले पोखरा सभागृहमा जारी अधिवेशनमा ९ सय ३५ प्रतिनिधिले भाग लिएका छन् ।

  • १३ चैत्र २०८०, मंगलवार १२:१९ प्रकाशित