टी– २० अभ्यास खेल

नेपालले आयरल्यान्ड ए लाई ६ विकेटले हरायो

केन्द्रभाग मिडिया

काठमाडौं ।

घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ ।टी–यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरेका ।

आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एकरएक विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

  • १२ चैत्र २०८०, सोमबार १६:१० प्रकाशित