पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ६२ र बिक्रीदर १६८ रुपैयाँ ३७ पैसा रहेको छ ।
यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा रहेको छ ।















