पोखरा ।
आज पहाडी भेगमा फागुपूर्णिमा होली पर्व मनाईदैछ ।
होलीको दिन सम्भय शिष्ट र मर्यादित भएर होली खेल्न जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।आफुहरुसँग नजिक भएका व्यक्तिहरुँग मात्र होली खेल्न प्रहरी कार्यालय कास्कीले सुचना जारी गर्दै आग्रह गरेको छ ।
कसैको इच्छा विपरीत रङ दल्ने, लोला, मोबिल , केमिकल र फोहोर पानी छ्याप्ने कार्य गरे कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ ।
होलीको नाममा जाँड रक्सि पिई उछृखल गतिविधि नगर्न, असभ्य र अश्लिल किसिमका होलीका गितहरु न्बजाउन, साँझ अवेलासम्म होली नखेल्न प्रहरीको अपिल छ ।
ध्वनी प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा बाजा, माईकको प्रयोग नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवा गरी सवारी साधन नचलाउने प्रहरीको अनुरोध छ ।
अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पैदलयात्री र बटुवालाई होली खेल्न कुनै पनि प्रकारको करकाप नगर्न सुझाव छ ।
रेलिङ नभएको छत, सडक तथा भीडभाड हुने जोखिमपूर्ण स्थानमा होली नखेल्न प्रहरीको आग्रह छ । गाँजा भाङ वा कुनै किसिमको नसालु पदार्थ सेवन गरेको पाइए, सार्वजनिक शान्ती, सुरक्षा र व्यवस्थालाई खलल पर्ने कुनै कार्य गरेमा वा गराएमा, अपराधिक गतिविधि गरेमा कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।
कुनै अपराधिक गतिविधि हुन लागेको थाहा पाएमा तत्काल नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ९८५६००३९५९९ मा सम्पर्क गरि खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।