स्याङ्जाको स्वरेक जाँदै गरेको जीप दुर्घटना, चालकसहित ९ घाइते

केन्द्रभाग मिडिया

स्याङ्जा । स्याङ्जाको वालिङबाट स्वरेक जाँदै गरेको जीप दुर्घटना हुदा चालक सहित ९ जना घाइते भएका छन । वालिङ स्वरेक सडक अण्ड अन्तर्गत पर्ने छत्युनको भित्री सडकमा ब्रेक फेल भइ ग २ च ७४७९ नम्बरको बोलेरो जीप शनिवार दिउसो ३ः४० बजे दुर्घटना भएको हो । जीप सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

सुचना अधिकारी रानाका अनुसार दुर्घटनामा सामान्य घाइते भएका चार जनालाई गह्रौँ प्राथमिक अस्पताल वालिङ र गम्भीर पाँच जनालाई थप उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । दुर्घटनामा घाइते भएका जिप चालक वालिङ्–११ जुहानखोलाका ४१ वर्षीय ज्ञान प्रसाद पङ्गेनी,वालिङ १० की ३२ वर्षीय सुकमाया सुन्धौली, वालिङ १० सुकमायाका १३ वर्षीय छोरा सङ्गम सुन्धौली,वालिङ ११ छत्युन की १९ वर्षीय नम्रता खत्रीको गर्हौँ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेका छभने

गम्भीर घाइते भएका वालिङ ११ छत्युनका ७७ वर्षीय रन बहादुर मगर, वालिङ ११ छत्युनकी ७५ वर्षीय लाटी मगर, भिरकोट ५ स्वरेककी ३० वर्षीय विन्दु खवास, वालिङ ११ जुहानखोलाकी ३६ वर्षीय हुमकला पङ्गेनी र वालिङ ११ भकभकाकी १७ वर्षीय करिना खवासलाई प्राथमिक उपचार पछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।

  • १० चैत्र २०८०, शनिबार १८:२७ प्रकाशित