हेम्जामा आयोजित नि:शुल्क दन्त शिविरमा २ सय २७ लाभान्वित 

केन्द्रभाग मिडिया

Exif_JPEG_420

पोखरा । रोट्रायक्ट क्लब अफ हेमजाको आयोजना तथा बिष्णु पादुका क्लबको सह आयोजनामा पोखरा २५ हेमजामा शनिबार निस्शुल्क दन्त शिविर शनिबार सम्पन्न भएको छ । सिद्दार्थ डेण्टल एण्ड स्किन केयर प्रा।लिको प्राबिधिक सहयोग तथा वडा नं। २५ वडा कार्यालयको समन्वय भएको कार्यक्रममा २ सय २७ जना लाभान्वित भएको कार्यक्रम संयोजक बिकल थापाले जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष टोय बहादुर भट्टराईले सफलताको शुभकामना दिदै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे। कार्यक्रममा बिष्णु पादुका मा.बि.का अध्यक्ष कृष्णबहादुर नेपाली र डा पवन पाठकले वोलेका थिए। क्लबका अध्यक्ष बिशाल बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाश पौडेलले र सञ्चालन सचिव राज पौडेलले गरेका थिए ।

  • १० चैत्र २०८०, शनिबार १७:५९ प्रकाशित