निजामती कर्मचारी युनियन कास्कीद्धारा   २०८१ को क्यालेण्डर बिमोचन

केन्द्रभाग मिडिया

 

पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीद्धारा आयोजित नवबर्ष २०८१ को शुभकामना आदानप्रदान तथा कर्मचारी निजामतीको क्यालेण्डर विमोचन शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि तथा भुमि व्यवस्था र सामाजिक तथा स्वाथ्यमन्त्री महेन्द्रध्व जिसीले जनताका काम छिटोछरितो र सर्वसुलभ तवरबाट गरी सुशासनको प्रत्याभुती दिन र सरकारलाई सघाउन निजामती कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो ।

 

क्यालेण्डरको बिमोचन गर्दै उहाँले स्थायी सरकार नै निजामती रहेको भन्दै उहाँले सरकारलाई सफल गराउने हात निजामती प्रशासनमा नै रहेको बताउनुभयो ।नवबर्ष २०८१ को शुभकामना दिदै उहाँले जनताको सेवामा निजामती कर्मचारीहरुले अझ परिस्कृत भइ काम गर्ने बताउनुभयो ।गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले निजामति कर्मचारी सरकारको मेरुदण्ड नै रहेको हुँदा कर्मचारीले जनताको सेवा र सुविधालाई निष्पक्ष ढंगबाट गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकार कर्मचारीको हकहितको निम्ति सदैव तत्पर रहेको उहाँको उल्लेख थियो ।

 

कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मीले राजनीति र प्रशासनको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउनुहुदै कर्मचारीलाई कमजोर बनाउने काम सरकारबाट हुन नहुने भनाई राख्नुभयो ।नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले संघीय निजामति सम्बन्धी ऐन सदनमा टेबुल भएको बताउनुहुदै निजामति सेवामा लाग्ने सम्पुर्ण कर्मचारीले एउटै सेवा सुविधा पाउनुपर्ने मुख्य एजेण्डा रहेको जानकारी दिनुभयो ।

 

नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कास्की कांग्रेसका अध्यक्ष किशोरदक्त बराल, सचिव भानुभक्त ढकाल, सहसचिव नविन सिग्देल लगायतले कर्मचारीमा एकता कायम राख्दै आफ्नो मनोबललाई उच्च बनाउँदै सेवामा समर्पित हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष केदार सापकोटाले राख्नुभएको थियो भने कार्यक्रमको संचालन इ.सुमन शर्माले गर्नुभएको थियो ।

  • ९ चैत्र २०८०, शुक्रबार १८:३४ प्रकाशित