पोखरा । गण्डकी प्रदेश टेबुल टेनिस संघ तदर्थ समितिको अध्यक्षमा उत्तम जोशी चय भएका छन् । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार पोखरामा शुक्रबार सम्पन्न भेलाबाट जोशी अध्यक्षमा चयन भएका हुन् । सम्पन्न भेलाले संघको उपाध्यक्षमा भूपेन्द्रराज कोइराला (तनहुँ) र विशाल थापा (नवलपुर), सचिवमा अनुप श्रेष्ठ (स्याङजा) र कोषाध्यक्षमा ज्योती गुरुङ (कास्की) चयन भएका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यमा प्रकाश पौडेल (बागलुङ), शिवप्रसाद न्यौपाने (नवलपुर), क्षितिज गुरुङ (मनाङ), कविराज श्रेष्ठ (तनहुँ), सुरेश जिशी, निर्मल सोती, रशमायाँ तामाङ, गंगाराज पौडेल र भरतराज अधिकारी रहेका छन् । त्यसै गरी भेलाले केन्द्रिय प्रतिनिधिमा दिल बहादुर गुरुङलाई सर्वसम्मत चयन गरेको छ । उनी प्रदेश खेलकुदका कार्यकारी सदस्य समेत् हुन् ।यस अघि भेलाको उद्घाटन गर्दै प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद वहुआयमिक क्षेत्र भएको बताउँदै खेलकुद भित्र देखिएका विकृती र विसंगतीलाई समाप्त पार्नु आजको प्रमुख आवश्यक्ता रहेको औंल्याए । खेलकुद अनुशासनको पाठ सिकाउने क्षेत्र समेत भएको धारणा अघि सार्दै उनले खेल संघको नेतृत्व लिनेहरुले आफ्नो् आचरणमा सुधार ल्याउनु पर्ने बताए ।
प्रदेश खेलकुद परिषद खेलकुद विकासको अभियानमा अघि बढेको बताउँदै उनले यो साझा अभियानमा एक साथ अघि बढ्न आग्रह गर्दै संस्थागत सुशासन र पारदर्शिता आजको प्रमुख आवश्यक्ता रहेको समेत् औंल्याए ।यसै गरी लोकतन्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले गण्डकी प्रदेशको टेबुल टेनिस संघलाई गति दिन एक सक्षम नेतृत्व आएको बताउँदै सबै खेलहरुको समुचित विकास र खेलाडीहरुको हितका लागि सबैको ध्यान पुग्न आवश्यक रहेको बताए । सो भेला प्रदेश खेलकुद परिषदका सदस्य एवं अग्रज खेलपत्रकार केशव पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो ।