काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले नेकपा एमाले नआएपनि समाजवादी मोर्चा अगाडि बढ्ने प्रतिक्रिया दिएको छ । सो पार्टीकी उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ एमाले नआएपनि मोर्चा कायम रहने बताएकी हुन् ।
उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल एमाले सहभागी नभएपनि मोर्चा कायम रहने बताइन् । उनले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताइन् । उनले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुन नहुने बताइन् ।
उपाध्यक्ष भुसालले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत हुनसक्ने बताइन् । उनले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआएपनि आपसी असमझदारी हुन नहुने बताइन् ।













