पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३२ र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा रहेको छ ।
यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८ रुपैयाँ ८२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ ।















