पोखरा ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका देशभरका पेट्रोल पम्प अब २४ सै घण्टा खुला रहने भएका छन् ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेका पेट्रोल पम्प अबदेखि २४ सै घण्टा खुल्ने भएका हुन् । योसँगै अब पोखराको मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेशन २४ घण्टा सै घण्टा खुल्ला रहने छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेशनसँगै मुख्य पर्यटकीय क्षेत्र स्थल सहित अन्य अत्यावश्यक वस्तु र सेवा पनि क्रमशः २४ घण्टा नै खुला हुदै जाने बताएका छन् ।













