काठमाडौँ ।
नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई घण्टा बयान लिएको छ । बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् ।
उनीसँग दुई घण्टा बयान लिइएको ब्युरोले जनाएको छ । चौधरी बयान पुरा गरेर निस्किएका छन् । चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् ।
काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता रहेको आशङ्का गरिएको छ ।
आफूलाई बाँसबारी जग्गा प्रकरणमा जोड्ने काम ‘स्टन्ट’ मात्र भएको उद्योगी एवं सांसद विनोद चौधरीले बताएका छन्।उद्यमबाट देशलाई विकास गर्ने संकल्प गरेको व्यक्तिमाथि जग्गाको विवाद निकाल्नु स्टन्टबाज भएको चौधरीको भनाइ छ।