काठमाडौँ ।
प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बुधबार साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी परेको थियो ।
उनको उम्मेदवारीमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल प्रस्तावक र एमाले सांसद दीपा शर्मा समर्थक रहेको र अन्य कुनै पनि उम्मेदवारी नपरेकोले निर्विरोध निर्वाचित भएको समितिकी सचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् ।
समिति सभापति थापाले आजै सभामुख समक्ष पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् । यसअघि सो समितिमा नेकपा एसकै तर्फबाट भानुभक्त जोशी सभापति रहेका थिए ।