श्री एयरलाइन्सको जहाजको चक्काको बेरिङ पड्कियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएको छ ।

समस्या आएपछि जहाजलाई विमानस्थलमै ग्राउण्डेड गरिएको छ । जहाज अवतरण गरेर पार्किङ गर्ने क्रममा अगाडिको चक्काको बेरिङ पड्किएको जानकारी विमानस्थल प्रमुख गणेश बहादुर सिंहले जानकारी दिएका छन् ।

उनले भने,‘कलसाइन एएनएच २२७ नम्बरको सो जहाज सोमबार साँझ काठमाडौँबाट धनगढी पुगेको थियो । जहाजको अगाडीको चक्काको बेरिङ पड्किएपछि ग्राउण्डेड गरिएको हो ।’

सिंहका अनुसार जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको छ । मर्मत गरेर उडान योग्य भएपछि मात्रै उडान अनुमति दिइने जानकारी सिंहले दिए ।

  • ६ चैत्र २०८०, मंगलवार १६:५७ प्रकाशित