पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई मातृ शोक परेको छ । प्रमुख आचार्यकी आमा जमुना आचार्यको मंगलबार निधन भएको हो ।
मंगलबार बिहान उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षको उमेरमा आचार्यको निधन भएको प्रमख आचार्यको सचिवालयले जनाएको छ । स्व. आचार्यको पार्थिव शरिरलाई मंगलबार नै अन्तिम दाहासंस्कार गरिने सचिवालयले जनाएको छ ।
अन्तिम शव यात्रा नयाँबजार निवासबाट दिउँसो साढे ३ः३० बजे शवयात्रासहित तुल्सीघाटमा हुने सचिवालयले जनाएको हो ।












