मौसम पूर्वानुमान: मेघगर्जनसहित छिटपुट वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो मधेश प्रदेश र कोशी प्रदेश लगाएत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली, मधेश प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • ६ चैत्र २०८०, मंगलवार ०७:३४ प्रकाशित