काहुँडाडामा भएको भिषण आगलागी नियन्त्रणमा, बस्ती जोगियो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको काहुँडाडामा भएको भिषण आगलागी तत्कालका लागि नियन्त्रणमा आएको छ । बिहान करिव १ बजेबाट आगालागी नियन्त्रणमा आएर बस्ती जोगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक प्रवक्ता प्रहरी इनिस्पेक्टर तिलक मानन्धरका अनुसार अहिले आगलागी तत्कालका लागि नियन्त्रणमा आएर बस्ती जोगिएको भएपनि उक्त स्थानमा अझै सतर्कता भने अपनाउनुर्ने छ ।

बनमा लागेको आगो ठूला रुखका मुडाहरुमा सल्किएर बसेको हुन सक्ने भन्दै सर्तकताका साथै हेरिएको उनले जानकारी दिए । अहिले पनि सुरक्षा निकाय र दमकल भने आगलागी स्थल तर्फ नै राखिएको उनले जानकारी दिए ।

उनले भने, ‘सिडिओ साबको निर्देशन छ । बनमा रहेको आगो हावाहुरीका कारण जुनसुकैपनि बेला पनि फैलन सक्ने हुनसक्छ । त्यसैले सतर्कतासहित आगलागी भएको स्थानमा दमकलसहितको टोली परिचालन भइरहेको छ ।

सोमबार साँझ करिव ८ बजेबाट फैलिएको आगो नियन्त्रणमा लिन दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट एक सय भन्दा धेरै सुरक्षाकमी तैनाथ भएको थियो । रातको समयमा जंगलमा भएको भिषण आगलागी बस्तीमा आउन नदिन विभिन्न उपाए अपनाइएको थियो ।

  • ६ चैत्र २०८०, मंगलवार ०६:१७ प्रकाशित