काहुँडाँडामा भिषण आगलागी, नियन्त्रणका लागि दमकलसहित सुरक्षा टोली परिचालन

केन्द्रभाग मिडिया

 

पोखरा ।

पोखरा  ११ मा रहेको काहुँडाँडामा भिषण आगलागी भएको छ । आगलागी बस्ती नजिक रहेकाले नियन्त्रणका लागि नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी दमकलसहित खट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका इनिस्पेक्टर तिलक मानन्धरका अनुसार अहिले वडा प्रहरी कार्यालय रामबजारबाट इनिस्पेक्टर विनोद श्रेष्ठको कमाण्डमा नेपाल प्रहरी खट्टिएको छ ।

त्यसैगरि सशस्त्र प्रहरी र नेपाल आर्मीको टोली पनि अहिले आगलागी स्थलमा खट्टिएको छ । प्रहरीका अनुसार महानगरको दमकलले आगलागी भएको भन्दा केही परबाट आगो निवाउन प्रयोग गरिएको छ ।

त्यसैगरी पोखरा विमानस्थलको दम्कल पनि गएको मानन्धरले बताए । आगलागी स्थलमा पुगेको प्रहरी टोलीले बस्तिदेखि १०० मिटर नजिक आगो पुगेकाले जोगाउन दमकलल सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय प्रयासरत रहेका छन् ।

  • ५ चैत्र २०८०, सोमबार २२:०४ प्रकाशित