बागलुङमा बस दुर्घटना, ८ जनाको ज्यान गुम्यो, २५ यात्रु घाइते

केन्द्रभाग मिडिया

पोखरा ।
बागलुङमा सोमबार साँझ यात्रु बस दुर्घटना हुँदा ३ महिनाकी नाबालिका सहित ८ जनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बसमा सवार अन्य २५ यात्रु घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार को निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना दुर्घटना भएको हो ।

घाइते मध्ये स्थानीय स्वास्थ्य चौकीमा १८ जनाको उपचार भइरहेको छ । ७ जनलाई धौलागिरी अस्पताल बागलुङ ल्याइँदै गरेको उनले जानकारी दिए ।

बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

  • ५ चैत्र २०८०, सोमबार २१:२३ प्रकाशित