काठमाडौं ।
दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिमाल रहेका छन् । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ ।प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए ।
प्रहरीले प्रसाईँका निजी सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले प्रसाईँका सुरक्षा गार्ड दीपक खड्कालाई राम शाहपथस्थित सर्वोच्च अदालत नजिकैबाट पक्राउ गरिएको जनकारी दिए ।
खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार बरामद भएको अधिकारीले जानकारी दिए । यस्तै त्यसमा लाग्ने १०० थान गोली बरामद भएको उनको भनाइ छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ