म्याद थपका लागि महरालाई अदालतमा लगियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

महरालाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाण्डौ ल्याएर सीआईबीको कार्यालय लगिएको हो ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महरासँग यसअघि आयोगले बयान समेत लिएको थियो ।

उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।

सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

  • ५ चैत्र २०८०, सोमबार १६:०३ प्रकाशित