कालिकोटमा जलेर घाइते बालिकाको उपचारका क्रममा ज्यान गयो

केन्द्रभाग मिडिया

सुर्खेत ।

कालिकोटमा आगोमा जलेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा ज्यान गएको छ ।

खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते १२ वर्षीया हेमन्ती चौलागाईंको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

शुक्रबार दिउँसो ३ बजे गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा खाँडाचक्रका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी छोरी हेमन्ती आगोले जलेर घाइते भएकी थिइन् ।

घाइते हेमन्तीको आइतबार दिउँसो १ स् ४० बजे उपचारको क्रममा ज्यान गएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । उनका बुवा नन्दरामको पनि अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

  • ४ चैत्र २०८०, आईतवार १६:४३ प्रकाशित