पोखरा ।
प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबा छिट्टै अन्तर्राष्ट्रि उडान गरिने बताएका छन् । आइतबार प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान समारोहलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अन्तर्राष्ट्रिय उडानका लागि चीनसंग एक प्रकारको समझदारी भइसकेको उनले दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पोखरा विमानस्थललाई दीगो रुपमा सञ्चालनका लागि पनि आफूल सोचेको बताए । ‘पोखरा विमानस्थललाई व्यवसायिकढंगले सञ्चालन गर्न । खासगरी यसबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि हामीले छिमेकी राष्ट्रहरुसंग पहल गरिरहेका छौं । खासगरी चीन भ्रमणका बेला एक प्रकारको समझदारी बनिसकेको छ । त्यो कार्यान्वयनमा जान्छ’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले नियमित उडानको वातावरण र ऋणको व्यवस्थापनका लागि पनि आफ्नो ध्यान केन्द्रित रहेको उनले प्रष्ट्याए । उनले चीनसंग २५ प्रतिशत ऋण अनुदानमा बदल्ने मात्र नभएर सम्पूर्ण ऋणलाई अनुदानमा बदल्ने विषयमा पनि सोचेको उल्लेख गरे । उनले पोखरा विमानस्थललाई डुबाएको अर्थमा नभएर ऐतिहासीक आवश्यकता पूरा गर्नुपर्ने रुपमा लिन आग्रह गरे । पोखरा पर्यटकीय राजधानी घोषणासंगै पोखरा विमानस्थलको महत्वलाई अझै बढाएको उनले प्रष्ट पारेका छन् ।