पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ ।
युरो एकको खरिददर १४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७१ र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा रहेको छ ।
यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा रहेको छ ।














