गृहमन्त्रीलाई कांग्रेसले भन्यो, ‘उच्च नैतिकता प्रदर्शन गरेर राजिनामा दिनुहोस्’

केन्द्रभाग मिडिया

पोखरा ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई उच्च नैतिकता प्रदर्शन गरेर राजिनामा दिन आग्रह गरेको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको बेठकमा बोल्दै कांग्रेसका सांसद प्रदीप पैडेलले यस्तो माग गरेका हुन् ।

लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले आज पनि संसदमा विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्ने समय दिएका थिए ।

त्यसक्रममा सांसद पौडेलले प्रश्नै प्रश्न बोकेर लामिछाने गृहमन्त्री नहुनुपर्ने र प्रश्नै प्रश्नले घेरिएका उनलाई प्रधानमन्त्रीले गृहमन्त्री पनि नबनाउनुपर्ने बताए । ‘३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता छन् । सहकारी सञ्चालकको सम्पत्तिबाट बचत फिर्ता दिनुपर्ने उनीहरूको माग छ,’ उनले भने, ‘पीडितहरूले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई सरकारले कसरी थेग्न सक्छ । गृहमन्त्रीलाई म आग्रह गर्न चाहन्छु, उच्च नैतिकताको आधारमा राजनीमा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’

पौडेलेले प्रश्नको घेराभित्र रहेका कुनैपनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर स्थापित गर्न आग्रह पनि गरेका छन् ।

‘सुन प्रकरणले धेरैलाई प्रश्न गरेको छ ।  प्रधानमन्त्रीज्यू प्रश्नै प्रश्नले घेरिएको मान्छेका बीचमा बसेर सुशासन लागु हुन्छ ? कि सुशासन भनेको भन्ने कुरा हो ?,’ उनले प्रश्न गरे ।

 

  • २ चैत्र २०८०, शुक्रबार १३:२१ प्रकाशित