पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।
युरो एकको खरिददर १४४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३५ र बिक्रीदर १७० रुपैयाँ १२ पैसा रहेको छ ।
यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३४ पैसा रहेको छ ।














