आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ २९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८९ पैसा रहेको छ ।

युरो एकको खरिददर १४४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३० र बिक्रीदर १७० रुपैयाँ ०७ पैसा रहेको छ ।

यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८ रुपैयाँ ९८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ ।

  • १ चैत्र २०८०, बिहीबार ०९:३२ प्रकाशित