काठमाडौं ।
हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी बीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र पीएनजीबिचको फाइनल खेल हङकङको मोङ कोक मैदानमा आज विहान ११ः४५ बजे सुरु हुनेछ ।
मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृंखलाको फाइनलमा पुगेको हो । नेपाल पीएनजीलाई नै ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनलमा पुगेको हो ।
नेपाल पीएनजीविरुद्धको अपराजित यात्रा कायमै राखेर उपाधि जित्ने योजनामा छ।