कोल्मा बराहचौर माविको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
कोल्मा बराहचौर माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बार्षिकोत्सवको नेपाली सेनाका प्रमुख सेनानी लक्ष्मी गुरुङले उद्घाटन गरेकी हुन् ।

उद्घाटन गर्दै उनले सहास, सङ्कल्प र सकारात्मक सोंच राखेमा महिला पनि राज्यका महत्त्वपूर्ण पदमा पुग्न सक्ने धारणा राखिन् । उनले आफू पढेको विद्यालयबाट यथेष्ट शैक्षिक आधारभूमि प्राप्त गरेको तथा विद्यार्थीको ड्रिल, पिटी प्रदर्शन, मन्तव्य र साङ्गीतिक कार्यक्रमले विद्यार्थी जीवनको रोमाञ्चक क्षण याद आएको बताइन्।

स्याङ्जाको पुतलीबजार ९, कोल्मामा रहेको सो विद्यालयले त्यस क्षेत्रका शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्र्र्दै उनले आगामी दिनमा पनि विद्यालयको प्रगतिको कामना गरे ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभाका पूर्व सांसद मिनबहादुर गुरुङले विद्यालयको भौतिक एवं शैक्षिक विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा पुतलीबजार ९ का वडा अध्यक्ष लीलप्रसाद गुरुङले विद्यालयले विगतदेखि वर्तमानसम्मा आइपुग्दा शैक्षिक तथा खेल क्षेत्रमा सफलता हासिल गरेको बताए । त्यसमापनि प्रमुख अतिथि सबै महिला दिदीबहिनीको प्रेरणाको स्रोत बनेको धारणा राखे । पूर्व शिक्षकलाई एसएलसी व्याज २०५४र०५५ ले सम्मान समेत गरेको उक्त कार्यक्रममा पूर्व शिक्षक शेषबहादुर थापा, विद्यालयका आजीवन सदस्य निर्मलकुमार गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका खेल संयोजक तथा शिक्षक रामचन्द्र शर्माले स्वागत मन्तव्य तथा पिटी सञ्चालन, विद्यार्थीका तर्फबाट जबिशा गुरुङ र सुविना गुरुङले मन्तव्य राखेका थिए । विद्यार्थीका, गीत, नृत्य प्रस्तुत गरिएको कार्यक्रममा आर्थिक तथा प्रगति प्रतिवेदन प्रधानाध्यापक मधुकुमार गुरुङले प्रस्तुत गरेका थिए ।

विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई स्थापित अक्षयकोषबाट पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा भूपू विद्यार्थी, शिक्षक, अभिभावक, समाजसेवी, लोक गायिका माया गुरुङलगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यालयका शिक्षक चण्डीप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक सोमबहादुर रानाले गरेका थिए ।

 

  • २९ फाल्गुन २०८०, मंगलवार २२:०१ प्रकाशित