काठमाडौँ ।
जनमत पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारले समर्थन नगर्ने भएको छ ।पार्टीको गत बुधबार बसेको बैठकको निर्णयबारे मंगलबार प्रवक्ताले विज्ञप्ति मार्फत् जानकारी गराएका हुन् ।
नयाँ गठबन्धन बनेको सम्बन्धमा तत्कालै सो गठबन्धमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने पार्टीको विज्ञप्तिमा छ ।जनमतले ईलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (१) मा उम्मेदवार उठाउने जनाएको छ ।













