रुसी र युक्रेनी सेनामा भर्ना भएका तनहुँका ८ युवा सम्पर्कविहीन

केन्द्रभाग मिडिया

तनहुँ।

रुसी र युक्रेनी सेनामा भर्ना भएका तनहुँका आठ जना युवा सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ जना युवा सम्पर्कविहीन भएका हुन् ।

भिजिट भिसामार्फत रुस गएर सेनामा भर्ना भएका उनीहरूको खोजी गरिदिन पीडितका परिवारले माग गरेका छन् । सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवा सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएको जानकारी दिए ।

सम्पर्कविहीन भएका व्यक्तिका परिवारजनले खोजी तथा उद्धारको मागसहित निवेदन दिएको उनले बताए । गैरकानुनीरूपमा गएकाले पूर्णरूपमा काम गर्न सहज नभएको उनीहरूको भनाइ छ । आप्रवास स्रोत केन्द्रकी परामर्शदाता गोमा तिवारीले सम्पर्कविहीन भएका व्यक्तिलाई छिटोभन्दा छिटो नेपाल झिकाइ पाउँ भनेर निवेदन दिएको जानकारी दिए।

सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको कागजातसहितका सम्पूर्ण कागजात पठाइसकिएको तिवारीले बताए । रुसमा बेपत्ता भएका व्यक्तिको खोजीका निम्ति पहल भइरहेको छ । युक्रेनमा सम्पर्कविहीन भएका व्यक्तिको त्यहीँ दूतावास नभएकाले रुसी कन्सुलर विभागमार्फत नै खोजी भइरहेको आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।

दुईरतीन महिनायतादेखि परिवारसँग नै उनीहरू सम्पर्कमा नभएकाले खोजीको पहल भइरहेको छ । अवैधानिक बाटो हुँदै रुसी सेनामा भर्ना हुन गएका व्यक्ति त्यहीँ भर्ना भए पनि फर्केर आउन सहज भने नभएको बताइएको छ ।

  • २९ फाल्गुन २०८०, मंगलवार १०:१२ प्रकाशित