टी–२० क्रिकेट

नेपालले दियो १९९ रनको लक्ष्य : पीएनजीले दोस्रो विकेट गुमायो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान सेसे बउ रन आउट भएर पेभेलियन फर्किएका हुन् । उनले पेभेलियन फर्किनुअघि २१ रन बनाएका थिए । उनले १३ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए ।

उनलाई गुलसन झाले रन आउट गराएका हुन् । ३.२ ओभरमा सेसे आउट हुँदा पीएनजीले ३६ रन बनाएको छ ।

  • २९ फाल्गुन २०८०, मंगलवार ०९:०४ प्रकाशित