पोखरा ।
सत्ता समिकरण परिवर्तनसंगै सरकारले तीन वटा प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेर नयाँ नामहरु सिफारिस गरेको छ । गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट, मधेश प्रदेश प्रमुखमा सुमित्रा भण्डारी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाको नाम सरकारले सिफारिस गरेको हो ।
सोमबार मन्त्रिपरिषद् बैठकले कांग्रेस निकटका गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्न र नयाँ नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
पदमुक्त भएकाहरुमा मधेश प्रदेशको प्रमुख हरिशंकर मिश्र, गण्डकीका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी थिए ।
पृथ्वीमान गुरुङ २०८० साल साउन १३ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनीसँगै लुम्बिनीमा अमिक शेरचन नियुक्त भएका थिए ।