छिमेकीको कुटाईबाट एक पुरुषको ज्यान गयो

केन्द्रभाग मिडिया

कैलाली ।

धनगढीमा छिमेकीको कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका ९८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको आफ्नै छिमेकीको कुटपिटबाट ज्यान गएको हो ।

स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको र कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

रानाको हत्या अभियोगमा मीनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मीनबहादुरकी श्रीमती २९ बर्सिया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २८ फाल्गुन २०८०, सोमबार १६:३० प्रकाशित