नेपालमै पहिलो पटक लिफ्टसहितको आकासे पुल बन्दै

केन्द्रभाग मिडिया

symbolic picture

काठमाडौं ।

नेपालमै पहिलो पटक लिफ्टसहितको आकासेपुल बन्ने भएको छ ।

ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास गरे । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।

आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माण अनुमति मागेको थियो ।

संविधानले व्यवस्था गरेबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको थियो ।

पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताएका छन् ।यो पुल एक वर्षभित्र निर्माण गरिसक्नुपर्ने बताइएको छ ।

  • २८ फाल्गुन २०८०, सोमबार १५:०४ प्रकाशित