सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले जलाए बस

केन्द्रभाग मिडिया

File photo

जनकपुरधाम ।

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयवासीले बसमा आगजनी गरेका छन् ।

मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको थियो ।

ठक्करबाट जुगल गम्भीर घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् ।महतो तत्काल उद्दार गरेर प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिएको थियो । प्रादेशिक अस्पतालले रेफर गरेपछि उनलाई अहिले ग्वार्कोस्थित विएण्डबी अस्पतालमा भर्ना गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले बताए ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • २८ फाल्गुन २०८०, सोमबार १४:५२ प्रकाशित