काठमाडौं ।
आज सरकारले ल्याल्पो लोसार भन्दै सार्वजनिक बिदा दिएको छ । तर शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार भने एक महिनाअघि नै मनाइएको सो समुदायका सम्बन्धित व्यक्तिले बताएका छन् ।
ग्याल्पो लोसार गत माघ २७ गते नै मनाइसकेको शेर्पा समुदायले बताएका छन् । तर सरकारले एकमहिना पछि आज बिदा र शुभकामना दिएर मजाक गरेको भन्दै शेर्पा समुदाय नै छक्क परेका छन् ।
लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष नाम्गेल शेर्पाले सोनाम र ग्याल्पो ल्होसार त्यही दिन मनाइसकिएको बताएका छन् ।
‘शेर्पाको संस्कृतिलाई लिएर सम्बन्धित विज्ञसँग छलफल नगरी सरकारले क्यालेण्डरमा बिदा दिएको उनको भनाई छ । उनले भनेका छन्, ‘ग्याल्पो ल्होसार र सोनाम ल्होसार गत माघ २७ गते नै भएको हो । यो चाहिँ पञ्चांग समितिले पोहोरकै तिथि राखेको रहेछ । यो तीन-चार वर्षसम्म एकैपटक हुन्छ। सरकारले आज बिदा दिएको छ, योभन्दा मजाक के हुन्छ र ?’













