एमाले गोरखाको अध्यक्षमा थापा निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा निर्वाचित भएका छन् । एमाले गोरखाको आठौं अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । थापाले २८० मत ल्याएर निर्वाचि हुँदा उनका प्रतिस्पर्धी कृष्णबहादुर नेपालीले २०५ मत ल्याए ।

उपाध्यक्षमा मेनबहादुर अधिकारी निर्वाचित भएका छन् । उनले २७० मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत ल्याए ।

सचिवमा काजीराम रोका निर्वाचित भएका छन् । उनले ३५३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत ल्याए ।

उपसचिवमा मनोज कुमार जोशी निर्वाचित भए । उनले २६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी विष्णु प्रसाद पन्तले ११४ मत ल्याए । अर्का प्रतिस्पर्धी सन्जित श्रेष्ठले ६७ मत प्राप्त गरे ।

उपसचिव महिला तर्फ शान्ति चापागाइँ ३२० मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिस्पर्धी नानी मायाँ थापाले १५० मत ल्याएकी निर्वाचन कमिटीले जानकारी दिएको छ ।

  • २८ फाल्गुन २०८०, सोमबार ०९:११ प्रकाशित