आफ्नो स्थापना दिवशमा आज विविध कार्यक्रम गर्दै पोखरा महानगर

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले आफ्नो ७ औं स्थापना दिवश हिजो र आज विभिन्न कार्यक्रमसहित मनाइरहेको छ । वडा कार्यालय वरपर सरसफाई, शिक्षक सम्मान र रक्तदान, पोखरा घर शिलान्यास, पुल शिलान्यास लगायतका कार्यक्रम गरेर महानगरले आफ्नो स्थापना दिवश मनाइरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापाले जानकारी दिए ।

उनका अनुसार शुक्रबार र शनिबार महानगरका ३३ वटै वडा कार्यालय एवं वरपर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा सभागृहमा विद्यार्थी शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम गरिएको छ । यसैगरी आइतबार विहान महानगरको न्युरोड स्थित मुख्य प्रशासनिक भवन बाहिर रक्तदान कार्यक्रम भएको छ ।

पोखरा ९ पृथ्वीचोकमा पोखरा घर शिलान्यास भएको छ भने पोखरा १९ मा खुइतेखोला पुलको शिलान्यास गरिँदैछ । दिउँसो २ बजे पोखरा सभागृहमा मुल समारोहका साथ स्थापना दिवश भव्यरुपमा मनाइने प्रमुख प्रशासकी अधिकृत थापाले जानकारी दिए ।

  • २७ फाल्गुन २०८०, आईतवार ११:०८ प्रकाशित