माओवादी केन्द्रले आज राष्ट्रिय सभाको उम्मेदवार तय गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठकले मंगलबार हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने छ ।

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल दाबेदार छन् ।शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आइतबार टुंगो लगाउने बताएका थिए ।

यसअघि गठबन्धनका नेताहरू बीच राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने लिखित सहमति भएको थियो ।

  • २७ फाल्गुन २०८०, आईतवार १०:३३ प्रकाशित