साताको अन्तिम दिन आज युरोको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो ।

आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६२ र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै आज डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८ रुपैयाँ ९८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०९ पैसा र बिक्रीदर २८ रुपैयाँ २१ पैसा रहेको छ ।

  • २५ फाल्गुन २०८०, शुक्रबार १०:०९ प्रकाशित