पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार पाउण्डको भाउ बढेको छ ।
आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ २२ र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६१ पैसा थियो। यस्तै आज डलर एकको खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ रुपैयाँ ०७ पैसा रहेको छ ।















